२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

एउटै महिलाले जन्माईन पाँच शिशु

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित २ साल अघि
  • १७२९ पाठक संख्या
  • मानिसले एक पटकमा कत्ति बच्चा जन्माउँछ होला ? जुम्लिया, तीम्लिया सम्म जन्माएको त सुनेकै हौं । तर नुवाकोटको २८ बर्षिय एक महिलाले ५ शिशुको जन्म दिएकी छिन् ।

    सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छिन् ।

    सोमिकाले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्रले जानकारी दिइन् । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।

    डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १ दशमलब ८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १ दशमलब ९ किलोग्राम र चौथाको १ दशमलब ६ ग्राम छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

    सोमिका अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस