२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

काभ्रेमा नेपाली सेनाका १६ सहित ४१ जना नयाँ संक्रमित थपिए

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित २ साल अघि
  • २३७ पाठक संख्या
  • काभ्रेमा सोमवार नेपाली सेनाका १६ सहित ४१ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार पाँचखालमा रहेको नेपाली सेनाको विरेन्द्र शान्ति तालिम केन्द्रका १६ सैनिक पुरुष, पाँचखाल नगरपालिकाका १ पुरुष, धुलिखेल नगरपालिकामा ७ जना महिला र ४ जना पुरुष, पनौती नगरपालिकामा १ जना महिला र २ जना पुरुष, बनेपा नगरपालिकामा ७ जना पुरुष र ३ जना महिला गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी हो ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ६८ पुगेको कार्यालयले जनाएको छ । त्यस्तै हालसम्म काभ्रेमा ३ सय ५ जनामा सक्रिय संक्रमित रहेका छन् । जिल्लामा आज ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै संक्रमितमध्ये ४ सय ८८ जनाको उपचारपछि कोरोना निको भएको छ ।

    प्रतिक्रिया दिनुहोस