२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

कोरोनाको संख्यामा चिनलाई नेपालले उछिन्यो

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २६९ पाठक संख्या
  • कोरोना भाइरसको संक्रमित संख्यामा नेपालले चीनलाई पछि पारेको छ। कोरोना संक्रमितको संख्यामा नेपालले चीनलाई करिब १४ सयले पछि पारेको हो।

    चीनमा हालसम्म ८५ हजार ४५० जना मानिस कोरोना संक्रमित भेटिएका छन्। आइतबारसम्म नेपालमा ८६ हजार ८२३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्यामा नेपाल चीन भन्दा अघि रहेपनि मृत्युदर भने नेपालमा कम रहेको छ।

    कोारनो संक्रमणबाट हालसम्म चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ। नेपालमा भने आइतबारसम्म ५३५ जनाको मात्रै मृत्यु भएको छ।

    कोरोना भाइरस गत डिसेम्बरमा चीनकै वुहानबाट फैलिएको थियो।

    प्रतिक्रिया दिनुहोस