२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

नमोबुद्ध नगरपालिकाको ‘नगर झण्डा’ सार्वजनिक

  • २०७७ आश्विन १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४६२ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाले नगर झण्डा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले नगरको पहिचानसहितको नगर झण्डा परित गरेसँगै सार्वजनिक गरिएको हो ।
    नमोबुद्ध नगरपालिका ८ निवासी प्रेम श्रेष्ठले तयार पारेको झण्डालाई नगर कार्यपालिकाको बैठकले सर्वसम्मत पारित गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।
    झण्डामा रातो र निलो रंगको पृष्ठभूमिमा नगरपालिकाको लोगो राखिएको छ । यसले शान्तिभूमि नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने नगर प्रमुख शर्माले बताए । नगरपालिकाको लोगोसमेत यसअघि श्रेष्ठले नै डिजाइन गर्नुभएको थियो ।

    यसैगरी आजकै कार्यपालिका बैठकले विद्यालय सञ्चालन सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित भएसँगै अब विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढेको र असोज चौंथो साताबाट नगरभित्रका विद्यालयहरुमा पठनपाठन सुरु हुने नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले जानकारी दिए ।
    यसैगरी बैठकले नगरपालिकामा सूचना प्रविधि समिति गठन गरेको छ भने विभिन्न समितिहरुलाई पुर्णता दिने निर्णयसमेत गरेको छ । बैठकले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्वन्धी कार्यविधि स्वीकृत गर्नुका साथै नगर युवा परिषद कार्यविधि २०७६ लाई संशोधनसमेत गरेको छ

    प्रतिक्रिया दिनुहोस