रोशी गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले अत्याबश्यक बाहेक सेवा प्रवाह बन्द गरेको छ ।
गाउँपालिकाले आइतबार सूचना जारी गर्दै संक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीहरुको स्वाव संकलन तथा परीक्षण गरी नतिजा नआएसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा र विद्युतिय माध्यमबाट हुन सक्ने सेवा बाहेक अन्य सेवाहरु बन्द हुने निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मको लागि सेवा बन्द हुने गाउँपालिका अध्यक्ष डिबी लामाले जानकारी दिए । गाउँपालिकाका सम्पूर्ण नागरिकलाई स्वास्थ्य सुरक्षामा सावधानी अपनाउन पनि गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस