काभ्रेमा आईतवार २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार काभ्रेमा थपिनेमा धुलिखेल नगरपालिकाबाट ४ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष र ३ जना महिला र बनेपा नगरपालिकाबाट १० जना पुरुष र ५ जना महिला गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
डा. झा का अनुसार २ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका १३ का ४६ वर्षीय पुरुष र काडमाडौं महानगरपालिका ९ सिनामंगलका ७६ बर्षिय एक पुरुष छन् । बनेपा–१३ घर भएका ४६ वर्षीय पुरुषको आईतवार दिउँसो साढे १२ बजे मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ २८ गते अस्पताल भर्ना भएका उनी भेन्टिलेटरमा थिए ।
त्यस्तै काठमाडौं सिनामंगल घर भएका ७६ वर्षीय पुरुषको आइतबार बिहान पौने ६ बजे मृत्यु भएको हो । उच्च रक्तचाप र प्रोस्टेटको समस्याका कारण अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि जिल्लामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका ३ पुरुष र ४ महिला र जिल्लाबाहिरका २ पुरुष र २ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको छ । काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ७२ रहेको छ । जिल्लाका ४ सय ४८ जनाले उपचारपछि कोरोना जितेर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस