२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

गोरखाका सबै काँग्रेस नेता एकै ठाउँमा

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५२८ पाठक संख्या
  • गोरखा–काठमाडौं प्रजातान्त्रिक समाजका पुर्व अध्यक्षहरुको आयोजनामा गोरखाका काँग्रेसहरुको जुम मिटिङ सम्पन्न भएको छ ।

    सो कार्यक्रममा गोरखाका काँग्रेस हस्तिहरु एकै ठाउँमा छलफल गरेर अब पार्टीका कृयाकलाप मिलेर गर्ने बताईएको छ । सो कार्यक्रममा काँग्रेस आवद्ध पेशा व्यवसायीले समेत कमसेकम जिल्लामा गुटगत वातावरण नवनाई समग्र काँग्रेस एउटै काँग्रेस भन्ने भावनामा अगाडि वढ्न बक्ताहरुले अनुरोध गरेका थिए ।

    कार्यक्रममा काँग्रेस नेताहरु चिरञ्जीवी वाग्ले, चिनकाजी श्रेष्ठ , कमला पन्त , सुरेन्द्र पाण्डे , मन कुमारी गुरुङ , अब्दुल सतार, डा नवराज कट्टेल, डा गोपाल पाण्डे , डा शम्भु अधिकारी लगायतको उपस्थिति थियो । काँग्रेस भित्र वी.पी. बिचारका अध्यता तथा पार्टीको केन्द्रीय बिभाग सदस्य युवराज बस्ताकोटीले प्रभावकारी कार्यक्रमका लागि हामी बिच समाज वदल्ने दृष्टिकोण नयाँ तरिकाले विकास गर्नु पर्ने बताए ।

    पार्टीको केन्द्रीय तहमा पुगेका ४ जना नेता तथा अन्य सबैले पार्टीको हित र साझा स्वार्थमा काम गर्न सहि अभिभावक वनेर संगठनलाई वलियो वनाउन आह्वान गरेका थिए । विजया दशमी तथा दिपावलीको शुभकामना दिंदै पार्टीको १४ औं महाधिवेशनमा गुट र गिरोह नगरी साझा सहमतिमा वडा देखि नै सबैको सम्मान गर्दै वडा, पालिका, क्षेत्र तथा जिल्ला अधिवेशन समेत सफल वनाउन पार्टीका नेताहरुलाई अनुरोध गरिएको थियो ।नेताहरुले मिलेर अगाडि वढ्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा पुर्व सांसद जीवन प्रेम श्रेष्ठ , डा हिमलाल घिमिरे , केदारमानसिंङ बस्नेत, मेघ वञ्जारा, डाल प्रसाद पुडासैनी , मनराज वस्ती, अम्विका न्यौपाने , डण्डपानी अधिकारी, भोला भट्टराई, विश्वास अर्याल, सुशिला वस्ति, वुद्दि विश्वकर्मा साथै पुर्व शिक्षक नेताहरु गेहेन्द्र बिष्ट, प्रदिप ढकाल, कृष्ण पोखरेल , प्रेम बहादुर थापा, चन्द्र प्रकाश मरहट्टा लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस