२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

धनुषाका एक ५ वर्षीय बालकको अप्राकृतिक मैथुनपछि हत्या

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४०२ पाठक संख्या
  • धनुषाका एक बालकको अप्राकृतिक मैथुनपछि हत्या भएको खुलेको छ ।

    बिहीबारदेखि हराएका धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसनपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेशको शव शुक्रबार कृषि इँट्टा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोमा पात पतिङ्गरले छोपिएको अवस्थामा भेटिएको थियो ।

    परिवारका सदस्यले शव घर लगेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठायो भने २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गर्‍यो ।

    उनले आफ्नो अपराध स्वीकार गरेका छन् । सदाले बालकको मलद्वारमा अप्राकृतिक मैथुन गरेर हत्या गरेको स्वीकार गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

    रामबबहादुरले दिएको बयानअनुसार रुपेशलाई विस्कुट र चकलेटको प्रलोभन देखाएर माछा मार्न पोखरीतिर लगेका थिए । त्यही क्रममा बालकको मलद्धारमा अप्राकृतिक मैथुन गरे । बालकले त्यसको प्रतिकार गर्दै अरुलाई भनिदिने बताएपछि कन्दनीले घाँटी कसेर हत्या गरेको बयान दिएका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस