२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित २ साल अघि
  • ३९५ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस –कोभिड–१९ को संक्रमण भएको छ ।

    राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

    उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले  भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

    यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस