२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

पनौती त्रिवेणी सरसफाई अभियान ८३औ हप्तामा (फोटोफिचर)

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • १५३३ पाठक संख्या
  • पनौतीका महिलाहरुको सक्रियतामा शुरु भएको पनौतीको त्रिवेणी सरसफाई अभियान ८३ औं हप्तामा पुगेको छ ।

    काभ्रेली संक्रिय महिला संगठनको अगुवाईमा त्रिवेणी सरसफाई नागरिक अभियान अन्तर्गत त्रिवेणीमा सरसफाई भइरहेको छ ।

     

    महिलाहरुको सक्रियतामा महिलाहरुकै सहभागितामा कोरोनाको महामारिमा भौतिक दुरि कायम गर्दै, जनचेतना फैलाउदै, घर घरबाट सरसफाइ गर्न सहभागी भएका हुन् । कोरोना महामारीको विचमा पनि नरोकीई कन सरसफाई जारी राखिएको अभियानका अगुवा एवं काभ्रेली संक्रिय महिला संगठनका अध्यक्ष सुमित्रा बञ्जाराले जानकारी दिईन् । उनका अनुसार शुरुवातीमा १२ बर्षमा लाग्ने मकर मेलालाई लक्षीत गरिएको भएपनि यसलाई अन्य बर्षहरुमा निरन्तरता दिईनेछ ।

    ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव्म पर्यटकीय महत्व बोकेको विश्व सम्पदाको लागि सूचिकृत हुन लागेका पनौती नगरपालिका भित्र जिल्लाकै सबैभन्दा बढी मठमन्दिर रहेका छन्।

    त्रिवेणी धाममा आन्तरिक तथा बाह्य भत्तालुहरु स्नान गर्ने स्थान पुण्यमाता खोला, रोशी खोला र लिलावती खोलाको दुषित पानीलाई सफा बनाउने र पनौती नगरलाई नै स्वच्छ बनाउने उदेश्यले पनौती त्रिवेणी सरसफाई नागरिक अभियान शुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस