कृषि शहर पाँचखाल नगरको नारालाई आत्मसाथ गर्दै पाँचखालमा आधुनिक तरिकाले खेती गरिने भएको छ ।
पाँचखालमा चक्लाबन्दी तरिकाले खेती गरेर कृषकहरुलाई धनि बनाउने कार्यक्रममा पाँचखाल नगरपालिका रप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) विच सम्झौता भएको छ ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) कार्यालय प्रमुख प्रकाश पौडेल, सुपरजोन जिल्ला अध्यक्ष एबम पाँचखाल न पा वडा न २ का वडा अध्यक्ष हरिराम खतिवडा, सुपरजोन कार्यालय काभ्रे प्रमुख कृष्ण धिताल, सूचना अधिकारी बलदेब के सि, पाँचखाल कृषि शाखा प्रमुख इश्वर अधिकारी लगायतको उपस्थितिमा नगरको कार्यालयमा भएको बृहत छलफलबाट पाँचखालमा ‘चक्लाबन्दि’ तरिकाले खेती गराएर कृषकलाई आत्म निर्भर बनाउने विषयमा सम्झौता भएको हो ।
पहिलो चरणमा पाँचखालका दूई ठाउँमा चक्लाबन्दी अनुसार खेती हुनेछ । त्यसको लागि जग्गाको सुधार, सिंचाई, कृषि उपकरण साथै गुणस्तरिय बिउ बिजनको लागि नगरपालिका, सुपरजोन तथा कृषक बिचमा त्रिपक्षिय ढंगबाट लगानी गराईने पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए । नगरप्रमुख खरेलले पाँचखाल नगरपालिका, सुपरजोन परियोजना, र कृषकहरु समेतले लगानि गरी २ सय रोपनिको दुई स्थानमा खेति गराईने जानकारी दिए । ‘परम्परागत तरिकाले खेती गर्दा आम्दानि कम खर्च बढि हुने भएकोले कृषकहरु चिन्तित रहेको अवस्थामा आधुनिक ढंगबाट यान्त्रिय कृषि औजारको माध्यमबाट खेति गराउने बिषयमा पाँचखाल नगर कृषको हितको लागि अन्यत्रको बजेट काटेर भएपनि सहलगानी गर्ने छौ ।’–खरेलले भने ।
काभ्रे जिल्ला सुपरजोनका अध्यक्ष एवं पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडाले कृषिको लागि उर्वरा भूमिको रुपमा परिचित पाँचखाल नगरमा कृषकको हितको लागि सबै एक जुट भएर लाग्ने बतए ।
प्रतिक्रिया दिनुहोस