२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

तामाघाट–बोहोरेदोभान जाने सडक र समाजकल्याणबाट रामपुर जाने सडकको पिच शुरु

  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ८५० पाठक संख्या
  • पाँचखालका २ वटा सडकको पिच शुरु भएको छ ।

    पाँचखालको तामाघाट–बोहोरेदोभान जाने सडक र समाजकल्याणबाट रामपुर जाने सडक पिच भइरहेको छ ।

    शुक्रवार दुबै सडकको पाँचखाल नगर प्रमुख महेश खरेलले पिचको गुणस्तर परीक्षण गरे । तामाघाटबाट श्रीरामपाटी सम्मको २ किलोमिटर लम्वाई र ७ मिटर चौडाईको सडक बनेको छ । पाँचखाल नगरप्रमुख खरेलको पहलमा तत्कालिन भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले उक्त सडक निर्माणको लागि ४ करोड रुपैया विनियोजन गरेका थिए । उक्त सडकको प्रदेज घिसिङ गणपति निर्माण सेवाले ठेक्का पाएको थियो ।

    त्यस्तै पाँचखाल नगरपालिकाको बजेटमा समाजकल्याणबाट रामपुर जाने सडक पनि पिच भईरहेको छ ।

    ‘एक वडा एक पिच’को अवधारणा ल्याएको पाँचखाल नगरले पिच नपुगेको वडामा पनि चाँडैनै पिच बाटो पुर्याउने नगरप्रमुख खरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस