पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्सविरुद्ध फराकिलो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई ६–१ गोलले पराजित गरेको हो।
पिएसजीको जितमा नेयमारले २ गोल गरे। त्यस्तै, एलेसान्ड्रो फ्लोरेन्जी, केलियन एम्बाप्पे, जुलियन ड्रेक्सलर र इद्रिसा गुयले गोल गरे। यता, एन्जर्सका लागि इस्माइल ट्राओरले गोल गरे। खेलको सातौं मिनेटमा नै फ्लोरेन्जीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। खेलको ३६ औं मिनेटमा नेयमारले गो गर्दा पिएसजी पहिलो हाफसम्म २–० गोलले अघि रह्यो।
खेलको ४७ औं मिनेटमा गोल गर्दै नेयमारले पिएसजीलाई ३–० गोलको अग्रता दिलाए। तर खेलको ५२ औं मिनेटमा इस्माइलले गोल गर्दै एन्जर्सलाई ३–१ गोलको स्थितिमा ल्याए। ५७ औं मिनेटमा ड्रेक्सलरले गोल गर्दै पिएसजीलाई ४–१ गोलको फराकिलो अग्रतामा पुर्याए। त्यसपछि खेलको ७१ औं मिनेटमा इन्द्रिसा र ८४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ६–१ गोलको फराकिलो जित दिलाए।
प्रतिक्रिया दिनुहोस