२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

क्षेत्रीय होटल संघमा पुनः प्रेमकण्ठ

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १००८ पाठक संख्या
  • क्षेत्रीय होटल संघ काभ्रेको तेश्रो अधिबेशनले पुनः प्रेमकण्ठ श्रेष्ठलाई चयन गरेको छ।

    धुलिखेलमा सम्पन्न अधिवेशनले धुलिखेल लज रिसोर्टका सञ्चालक श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

    त्यस्तै संघको उपाध्यक्षहरुमा मिरावेल रिसोर्टका सञ्चालक भोला थापा र हिमालयन होराईजनका सञ्चालक किरण श्रेष्ठ, सचिवमा होटल माउण्ट प्रिन्सका सञ्चालक जोत्सना शैंजु, कोषाध्यक्षमा जेरानियम गार्डेन रिर्सोट मनिष योगल चयन भए ।

    सदस्यहरुमा जंगल रिसोर्टका रविन्द्र थापा, बल्थली रिसोर्टका रामप्रसाद हुमागाई, आगन्तुक रिसोर्टका हरि नेपाल, सारथी होटलका प्रल्हाद प्याकुरेल, जुगल होटलका टोम सापकोटा, इको रिसोर्टका दिपेश घिनान्जु चयन भएका छन् ।

    कार्यक्रम होटल एशोसिएसनका कार्यवहाक अध्यक्ष विनायक शाहको प्रमुख आतिथ्यता तथा एक्सलट्रिपका निर्देशक आदित्य बराल र सह निर्देशक सरद प्रधानको आतिथ्यतामा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस