काभ्रेको रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर‘ कार्याक्रम सुरु गर्ने भएको छ ।
सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पुर्याउनका लागि यो कार्याक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।
कार्यक्रमलााई आर्थिक बर्ष २०७७÷७८ को बार्षिक नीति तथा कार्यक्रममा नै राखिएको जानकारी दिदै दाहालले कार्यक्रममा सहभागि भइ काम गर्न चाहनेका लागि गाउँपालिकाले निवेदन समेत माग गरेको जानकारी दिए ।
गाउँपालिकाले पालिकामा स्थायी बसोबास गर्ने नागरिकले निवेदन दिन सक्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस