२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

रौतहटमा बालिकाको शंकास्पद मृत्यु, बलात्कार पछि हत्या भएको आशंका

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १०६५ पाठक संख्या
  • रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार साँझ १४ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन् ।

    बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवामा मामाघर बस्दै आएकी सँझा साह कानुको शव गाउँकै उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    शुक्रबार बिहान १० बजे तिर घाँस काटन गएकी उनी अबेरसम्म घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा उखुबारीमा शव भेटिएको हो ।

    शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस