२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

बेलरले रोटरीका सन्ततिलाई २५ प्रतिशत छात्रवृत्ति दिने

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २८१ पाठक संख्या
  • रोटरी क्लब अफ पनौतीको आग्रहमा बनेपास्थित प्रतिष्ठित शैक्षिक संस्था बेलर इन्टरनेसनल एकेडेमीले सो एकेडेमीकोे विज्ञान र व्यवस्थापन संकायमा शैक्षिक वर्ष २०७७ मा कक्षा ११ अध्ययन गर्न इच्छुक रोटरी क्लब अफ पनौतीका सदस्यका सन्ततिका साथै रोट्र्याक्ट क्लब पनौती र इन्टरयाक्ट क्लब अफ सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका सदस्यहरूलाई शिक्षण(ट्यूशन फी) शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

    सो सुविधा उपलब्ध गराउनेबारेमा रोटरी क्लब अफ पनौतीका अध्यक्ष(इलेक्टेड) इन्जिनियर सितु सैंजु र क्लबका अध्यक्षसमेत रहेका भएका बेलरका शैक्षिक निर्देशक डा. अनुपजङ्ग थापाले सहमति जनाउनु जनाएका छन् । यसका निम्ति एकेडेमीमै आउने इच्छुक विद्यार्थी र अभिभावकहरूलाई स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको र घरबाटै भर्ना हुन चाहनेलाई भर्चुअल प्लेटफर्ममार्फत समेत व्यवस्था मिलाइएको डा. थापाले जानकारी दिए ।

    रोटरी क्लब अफ पनौतीले अघिल्लो वर्ष पनौती नगरपालिकाका ३४ वटा सामुदायिक विद्यालयहरूमा अध्ययनरत पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई निःशुक्ल स्कूल ड्रेस उपलब्ध गराइसकेको छ ।

    यस्तै, क्लबले ग्लोबल ग्राण्टमार्फत पनौती–९ स्थित शारदा माध्यमिक विद्यालयलाई ३० सेट अत्याधुनिक कम्प्युटर, दुई थान सर्भर, सिसिटीभी, इ–लाइब्रेरी सफ्टवेयर र ५० सेट फर्निचरहरूसहितको कम्प्युटर लर्निङ सेन्टर उपलब्ध गराइसेकेको छ । यसैगरी पनौती–४ एपाटारस्थित बालोद्धार माविलाई पनि अत्याधुनिक कम्प्युटर, सर्भर, इ–लाइब्रेरी सफ्टवेयर र फर्निचरहरूसहितको अर्को कम्प्युटर लर्निङ सेन्टर उपलब्ध गराइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस