२०८० मंसिर २२, शुक्रबार | Fri, 08, Dec, 2023

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ प्रस्ताव, काँग्रेसको बिरोध

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३१३ पाठक संख्या
  • प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

    प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।

    दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

    नेकपाले प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढाएपछि रुपन्देही कांग्रेस भने आन्दोलनमा उत्रिएको छ ।

    शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने उनीहरुको माग छ ।
    कांग्रेस जिल्ला सभापती अब्दुल रज्जाकद्वारा विज्ञप्ति जारी गर्दै बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन सुरु भएको जनाएका छन् ।

    यसैबीच, प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने सरकारको निर्णयपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस