२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

वामदेवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २६७ पाठक संख्या
  • सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा परेको मुद्दाको पेसी फेरि हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार उक्त मुद्दामाथिको सुनुवाइ नसकिएपछि बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

    वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्धको रिटको सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको थियो उक्त संवैधानिक इजलासले गौतमविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    शुक्रबारको सुनुवाइमा वामदेव गौतमको तर्फबाट युवराज संग्रौला, राघवलाल वैद्य र शेरबहादुर केसीले बहस गरेका थिए । त्यस्तै, गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने सरकारको निर्णयको बचाउ गर्दै नायब महान्यायाधीवक्ता पदम पाण्डे र सहमहान्यायाधीवक्ता सञ्जीव रेग्मीले पनि बहस गरेका थिए ।

    प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस