बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको राजेन्द्र बोहराले स्वीकार गरेका छन् ।
बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी सम्झनालाई नजिकैको मन्दिरमा बलत्कार पछि त्रिशूलले रोपेर हत्या गरेको बोहोरो स्वीकारेको प्रहरीले जनाएको छ ।
घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का बोहरालाई पक्राउ गरेको थियो । अनुसन्धान र छानबिनको क्रममा उनले बलात्कार र हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।
हत्याको स्वीकार गरिसकेका बोहराले घटनाको १ महिना अघि साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर मिलापत्र गरिएको थियो ।
बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झनाको आठ दिनपछि दाहसंस्कार गरिएको छ ।
२० वर्षीय राजेन्द्र बोहरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका थिए ।
प्रतिक्रिया दिनुहोस