२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

कोरोनाको कारण काभ्रेको माहाभारत २ का एक युवकको मृत्यु, हेलिकप्टरमा ल्याएर उपचार गराउँदा पनि बचेनन्

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६१४ पाठक संख्या
  • काभ्रेको महाभारत गाउँपालिका २ कुपिन्टारका एक युवकको कोरोनाको कारण मृत्यू भएको छ ।

    स्वास्थ्य अवस्था जटिल भएपछि हिजो बुधवार जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारबाट कैलाश एयरको हेलिकप्टर मार्फत धुलिखेल अस्पताल उपचारको लागि ल्याइए पनि उनको ज्यान बचेन् । अस्पतालको आकस्मिक सेवामा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।

    ज्वरो सँगै छातीमा रहेको घाउँमा इनफेक्सन भई कलेजो, फोक्सो र मुटुमा समेत असर परेको उनलाई ज्वरो आएर खानीखोला गाउँपालिका–३ भाङ्टारमा रहेको मेडिकलमा ४ दिन देखि उपचार भएको थियो । व्यथाले च्यापेपछि गाउँपालिका अध्यक्षको पहलमा हेलिकप्टरबाट उद्धार गरिए पनि उनी  मृत्युको मुखमा पुगे ।

    गाउँपालिकाका स्वास्थ्य संयोजक हरि सिं विष्टले जिल्लामा बुझ्दा ती २८ बर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।‘जिल्लाको डाक्टरले कोरोना पुष्टि भएको भन्नुभएको छ, भोली शुक्रवार सबेरैबाट ती युवाको सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङको काम शुरु गर्छौ ।’–विष्टले भने ।

    यस विषयमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झालाई फोन सम्पर्क गर्दा फोन उठेन ।

    प्रतिक्रिया दिनुहोस