२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

बिहिवार काभ्रेमा २२ कोरोना संक्रमित थपिए

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित २ साल अघि
  • २९४ पाठक संख्या
  • काभ्रेमा बिहिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    थपिनेमा बनेपा नगरपालिकाबाट ८ जना महिला र १० जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ६० पुगेको छ । त्यस्तै संक्रमितमध्ये ४ सय ४५ जना उपचारपछि कोरोना निको भइ घर फर्किएका छन् । हाल काभ्रेमा सक्रिय कोरोना संक्रमितको २ सय ९ रहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस