२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

१७ दिनदेखि अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य जटिल बन्दै

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २९७ पाठक संख्या
  • अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । उनी ६ बुँदे माग राखेर १७ दिनदेखि अनशनरत छन् ।

    उपचारमा संलग्न मेडिकल टिमद्वारा जारी पछिल्लो स्वास्थ्य बुलेटिनअनुसार उनलाई धड्कन गडबड, छाती दुखाइ, थकाइ, चक्कर आउनेलगायतका समस्या देखिएको छ । उनको रगतमा ग्लुकोजको मात्रा धेरै कम छ भने ‘सिरम इलेक्ट्रोलाइट्स’ समेत गम्भीर रूपमा घटेको छ । रगतमा सेतो रक्त कणिकाको संख्या कम भएकाले संक्रामक रोगको जोखिम उच्च छ ।

    जुम्लामा १९ औं सत्याग्रह थालेका डा. केसी ८ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।नेपाल चिकित्सक संघले अनशनरत डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

    तस्बिर : सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी

    प्रतिक्रिया दिनुहोस