२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

नेपाली किशोरी बली दिन लाने क्रम रोकिएन, भारत लैजादै गरेका दुई किशोरीको उद्धार

  • २०७७ आश्विन १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५८८ पाठक संख्या
  • केहि समय अघि बलीको लागि भारत लैजादै गरेको एक किशोरीको उद्धार गरेको घटना सेलाउन नपाउँदै अर्का दुई जना किशोरीलाई नेपाल–भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।

    बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए ।

    शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।

    सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानु पूर्व उनीहरुको उचाइसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो । पजामा बसेवापत किशोरीहरुलाई २ लाख रकम दिने भनेर सहमति गराईएको अनुसन्धानको क्रममा खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस