रोशी गाउँपालिका वडा नं ९ नार्केको एक जना महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि त्यस क्षेत्र शिल गरिएको छ ।
धुलिखेल अस्पतालमा उपचार गराउन गएकी ४५ वर्षिय महिलाको पिसिआर परिक्षण गर्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुरक्षाको दृष्टिकोणले त्यस क्षेत्र शिल गरिएको गाउँपालिका अध्यक्ष डिवी लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले संक्रमित महिलाको भ्रमण स्थलहरु समेत कन्ट्याक ट्रेसिङ गरी सो क्षेत्रका व्यक्तिहरुको स्वाव संकन गरी परिक्षणको प्रतिवेदन नआए सम्म उक्त क्षेत्रहरु पुर्ण रुपमा शिल गरिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष डिवी लामा र वडा नं ९ का अध्यक्ष जनम लामाले छुट्टा छुट्टै विज्ञप्ती निकालेर विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नं ८ स्याउले बजार देखि नार्के बजार हुँदै वडा नं ९ पिन्थली वेशी सम्म, विपि राजमार्गको दायाँ वायाँ वजार क्षेत्र आसपासमा रहेको स्वास्थ्य सँग सम्बन्धित सेवा बाहेक सम्पुर्ण सेवा तथा व्यवसायहरु कृषक मार्फत प्राप्त हुने दुध तथा तरकारी संकलन कार्य, निर्माण सम्बन्धि कार्य, खाद्यान्न, होटल, रेष्टुरा तथा अन्य सेवाहरु आजकै मितिबाट अर्को सुचना जारी नभए सम्म पुर्ण रुपमा बन्द गर्न भनिएको छ ।
गाउँपालिका अध्यक्ष लामाले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य सुरु भएको बताउँदै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले होम क्वारेन्टाईनमा बसी परिक्षणमा सहयोग गरीदिन आग्रह गर्नुभएको छ । लामाले यो महामारीको समयमा गलत हल्लाको पछि लागेर त्रसीत नभई संयम भएर यसको रोकथाममा लागि पर्न सबैमा अनुरोध समेत गर्नुभएके छ ।
संक्रमित महिलाको हाल धुलिखेल अस्पतालको आईसोलेसन कक्षमा उपचार भईरहेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस