२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

धुलिखेल-काठमाडौँ विद्युतीय बस सञ्चालन

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • १२७६ पाठक संख्या
  • बुधबारबाट काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ।

    सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले बुधबारबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो।

    नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको बस पहिलो चरणमा चारवटा गुडेको छ भने अबको केहि दिनमा ३२ वटा बस सञ्चालनमा आउने यातायात प्रा.लिले जनाएको छ ।

    प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको छ ।
    बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन।

    प्रतिक्रिया दिनुहोस