२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

कोरोनाको कारण निधन भएका सापकोटाको परिवारलाई नगद हस्तान्तरण

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४६८ पाठक संख्या
  • कोरोनाका कारण मृत्यु भएका पनौती नगरपालिका वडा न ३ का शिवराम सापकोटाको परिवारलाई दुई लाख १७ हजार २६६ रुपियाँ हस्तान्तरण गरिएको छ ।

    सनसिटी अपाटमेन्टमा बसोबास गर्ने व्यक्तिहरुले सहयोग गरेको रकम मृतकको १३ औं दिनको पूण्यतिथिको अवसरमा मृतकको घरमानै पुगेर हस्तान्तरण गरिएको हो ।

    कुशादेवी घर भई सनसिटी अपाटमेन्टमा प्राविधिकको रुपमा कार्यरत ४१ बर्षीय सापकोटाको कोरोनाका कारण भदौ ३१ गते मृत्यु भएको थियो ।

    उनको परिवारलाई घर मै पुगेर सनसिटिका कार्यकारी प्रमुख राजेन्द्र बहादुर सिंह, नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, काँग्रेसका जिल्ला सदस्य चन्द्र ढकाल लगायतले हस्तान्तरण गरे ।

    प्रतिक्रिया दिनुहोस