२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

रोशीमा ‘गाउँ प्रहरी’

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७४१ पाठक संख्या
  • रोशी गाउँपालिकाले गाउँ प्रहरी नियुक्त गरेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११को उपदफा २ (१) ले दिएको अधिकार प्रयोग गरी रोशीगाउँपालिकाले ‘गाउँ प्रहरी’ राखेको हो । गाउँपालिकाले गाउँप्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७ बनाएर गाउँ प्रहरी राखेको गाउँपालिका अध्यक्ष डिबी लामाले जनकारी दिए ।

    नियुक्ति हुनेमा गाउँ प्रहरी कमाण्डर पदमा रोशी ११ का सुरज बहादुर रायमाझी र गाउँ प्रहरी जवान पदमा रोशी ७ का हरिहर गौतमलाई नियुक्ति गरिएको हो ।
    गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्ने गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथाजात्रा चाडपर्वको सुरक्षाव्यवस्थापन, स्थानीयबजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने लगायतका अन्य जिम्मेवारी गाउँ प्रहरीको रहने गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

    संविधानले स्थानीय तहलाइ प्रदान गरेको एकल अधिकार २२ मध्ये गाउँ प्रहरी पनि रहेको र संविधानको कार्यान्वयनका सन्दर्भमा यो अधिकार रोशी गाउपालिकाले प्रतिस्पर्धात्मक रुपमा बिज्ञापन गरि नियुक्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

    ३ दरबन्दी स्वीकृत गरेको गापाले कमान्डर र सह कमान्डरको लागि अनुभवी कर्मचारी मगेकोमा जसमा कमाण्डर नियुक्त भएका रायमाझी सेना बाट अबकाश प्राप्त हुन भने सहायक पद खाली छ ।

    प्रतिक्रिया दिनुहोस