२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

नमोवुद्धका ३ सय ६३ परिवारलाई राहत वितरण गरिने

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३९५ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाका अति विपन्न ३ सय ६३ परिवारलाई राहत वितरण गर्न लागिएको छ ।

    कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका परिवारलाई पुन नगरपालिकाबाट राहत वितरण गर्न सुरु गरिएको हो । नमोबुद्ध ठ्राङ्गु गुम्बाको सहयोगमा आजदेखि नगरका विभिन्न वडामा राहत वितरण गर्न थालिएको हो । सोमवार पहिलो चरणमा नगरका १, ७, ८ ९ र १० नंवर वडाका १ सय ३० परिवारलाई राहत वितरण गरिएको छ । बाँकी वडामा दोस्रो चरणमा राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य स्वयंसेविकाले संकलन गरेको तथ्यांकको आधारमा राहत वितरण थालिएको नमोवुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजु बोगटीले जानकारी दिए । नगरका ११ वटै वडाका कुल ३ सय ६३ विपन्न परिवारलाई राहत प्रदान गरिनेछ । राहत प्याकेजमा ३० केजी चामल, ५ किलो दाल, २ लिटर तेल र १ प्याकेट नुन रहेको छ ।

    नमोबुद्ध गुम्बामा आयोजित एक कार्यक्रमका बीच गुम्बाका अध्यक्ष लामा खाम्सुङले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई राहत प्याकेज हस्तान्तरण गरेका थिए । राहत प्याकेज हस्तान्तरण कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत भोलाप्रसाद चापागाईं, सामाजिक परिचालन संयोजक श्याम खनाल लगायतको उपस्थिति रहेको थियो ।

    डेढ महिना अघिमात्रै नमोबुद्ध नगरपालिकाले सबै वडाका २ सय भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेको नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले जानकारी दिए ।
    कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेका परिवारलाई विभिन्न सहयोगी दाताहरुसँगको समन्वयमा राहत वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस