पाँचखालनगरपालिका वडा नम्बर १२ नागबेलीका स्थानीयका खोला वारीका बासिन्दाको खोला पारी खेति तथा खोला पारीका बासिन्दाको खोला वारी खेति छ । खेतिका लागि पानी पर्ने वित्तिकै च्न्तिामा हुन्छन् । ४ बर्ष अघि त्यस ठाउँमा आवत जावत गर्न मिल्ने गरी पक्की पुल बन्ने भएपछि खुशि भएका स्थानीय बासिन्दा पुल बन्न शुरु भएको बर्षौ सम्म पनि नबनेपछि दुःखी भएका छन् ।
खोलाको कारण दुई भागमा बडिएको खेतिवालीमा जानु पर्ने भएपनि बाढि आउने वित्तिकै रोकिनुपर्छ,–स्थानीय गौरीकाजी श्रेष्ठले जानकारी दिए । अझ पुलको ढलान गरिएको भागले गर्दा पानीको बहाव त्यहाँ ठोक्किएर स्थानीयको खेत नै बगाउन थालेको श्रेष्ठको भनाई छ ।
बिगत ४ बर्षदेखि पुल बनाउन शुरु गरेपनि अझै सम्म दुई पट्टिको ढलान बाहेक केहि भएको छैन् । त्यहाँ बनाउन लगिएको रडमा पनि पुरै खिया लागेर काम नलाग्ने भैसकेको छ । (फोटोमा हेर्न सकिन्छ) कत्ति रड त बाढि आएको बेलामा बगाइसकेको छ । बगाएपनि ठेकेदारले विमा मार्फत पैसा लिने भएको हुनाले खासै वास्ता नगरेको देखिन्छ ।
पुलका ठेक्का नेकपाका नेता मुकुन्द गौतमलाई परेको थियो ।
पुल बनेपछि पाँचखालका स्थानीय सँगै तेमाल, चौरी देउराली गाउँपालिका तथा रामेछापका केहि पालिकामा जान सजिलो हुने थियो ।
प्रतिक्रिया दिनुहोस