नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे पटक पटक छलफल भएपनि ठोस सहमति हुन सकेको छैन् ।
नेकपा भित्रको विवाद समाधान गर्ने विषयमा पटक पटक मन्त्रीपरिषद् पुनर्गठन गर्ने भनेर दुई अध्यक्ष विच भेटघाट भएपनि ठोस निष्कर्ष निस्कन सकेको छैन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड आइतबार पनि बालुवाटारमा छलफलमा जुटे । दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएपनि केही मन्त्री मात्र फेर्ने कि बहुसंख्यक भन्नेमा सहमति भने जुट्न नसकेको श्रोतको भनाई छ ।
‘प्रधानमन्त्री २र४ जना मात्र मन्त्री फेर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड सबै फेर्ने पक्षमा छन् । यहि कुरामा उनीहरु विचमा सहमति जुट्न सकेको छैन् ।
त्यस्तै मन्त्री बन्ने आकाक्षी बढेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रीको भाग पुर्याउन मन्त्रालय फुटाउने गृहकार्य भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने छलफल भइरहेको छ ।
अहिले नै २१ वटा मन्त्रालय छ । यदि तीन वटा मन्त्रालय फुटाउने हो भने २४ हुनेछ र, संविधानअनुसार संघीय सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ ।
तर मन्त्रिपरिषद् पुनगर्ठनका लागि अझै केही दिन लाग्ने देखिएको नेताहरू बताएका छन् । एकातिर दुई अध्यक्षबीच सहमति जुट्न बाँकी छ भने अर्कातिर उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटको पेशी असोज १४ गतेलाई तोकिएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्न भने नेकपामा सहमति भइसकेको छ । पछिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वंयमले सबै मन्त्री हटाउने, केहीलाई हटाउने वा बहुसंख्यकलाई हटाउने गरी तीन विकल्प दिएका थिए भने अर्का अध्यक्ष प्रचण्डले बहुसंख्यकलाई हटाएर नयाँ मन्त्री पठाउनुपर्ने मत राखेका थिए ।
प्रतिक्रिया दिनुहोस