२०८० फागुन १७, बिहिबार | Thu, 29, Feb, 2024

२४ घण्टामा देशभर १ हजार ५ सय ७३ कोरोना संक्रमित

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • २७३ पाठक संख्या
  • नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    गएको २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय ८५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।

    अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै गएको २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ७७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस