२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

सुनकोशी-पाँचखाल खानपानी आयोजनाका सरोकारवाहरुको अन्तर्क्रिया

  • २०७७ आश्विन ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • १०२२ पाठक संख्या
  • सुनकोशी पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजनाका सरोकारवाहरुविचमा अन्तर्क्रिया भएको छ ।

    पाँचखाल नगरपालिकाको सभाहलमा सुनकोशी खानेपानी आयोजनाका सरोकारवालाहरु नेपाल सरकार र एसियाली विकास बैंक, स्थानीय सरकार पाँचखाल नगरपालिका, उपभोक्ता समिति, नगरविकास कोष, निर्माण व्यवसायी र परामर्शदाताको सहभागितामा अन्तर्क्रिया कार्यक्रम भएको हो ।

    कार्यक्रममा पाँचखाल नगरपालिकाको तर्फबाट उपप्रमुख लक्ष्मी दनुवार, आयोजना निर्देशक रामकुमार श्रेष्ठ, आयोजना उप निर्दशक नारायणप्रसाद आचार्य, नगरविकास कोषका आयोजना संयोजक सुभाषराज पन्त, आयोजना व्यवस्थापन तथा गुणस्तर परामर्सदाता परिक्षित श्रेष्ठ, नगरका प्रवक्ता एवं वडा अध्यक्ष संजय तामाङ, वडा अध्यक्ष पुस्कर ढकाल, कन्सलट्यान्ट सुरेश महाजु, कन्ट्रयाक्टर (ठेकेदार) कन्काई विल्डर्सका प्रमुख राम मैनाली र इन्द्र बस्नेत, उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, उपाध्यक्ष रविन्द्र शिपखान, सचिव चेतप्रसाद गौतम लगायतले खानेपानी आयोजना बारे बोलेका थिए ।

    कार्यक्रममा खानेपानी आयोजना बारे कन्सलट्यान्ट सुरेश महाजुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्झौता अनुसार ३० महिनामा सकिने आयोजनाको लागत १ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ छ । ३० महिनामा सहिने भएपनि कन्ट्रयाक्टरहरुले २५ महिनामै आयोजना सम्पन्न गर्ने कायक्रममा बताए ।

    अहिले खानेपानीको मुल र रिजर्भ हुने ट्याङ्कीको पहुँचमार्गको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार पहुँचमार्ग एक सय मिटर जति बन्न बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस