२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पहिरो पीडित बालबालिकाले पाए अभिभावक

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६०५ पाठक संख्या
  • सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका तथा विभिन्न स्थानबाट उद्धार गरी ल्याईएका बालबालिकाहरुले अभिभावक पाएका छन् ।

    शनिबार एकै दिन काभ्रेको खड्पुमा रहेको एसओएस बालग्रामले संरक्षण गरेका ११ जना बालबालिकाहरुले अभिभावक पाएका पाएका हुन ।

    शनिबार संघिय सांसद गंगाबहादुर दोङ्ग, पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, अन्तराष्ट्रिय तामाङ परिषद् पुर्वी एशियाका उपाध्यक्ष अस्मिता वाईवा, नेपाल तामाङ घेदुङ्ग संघका बागमती प्रदेश सचिव हरिश्चन्द्र लामा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का बरिष्ठ उपाध्यक्ष विकास लामा, नेपाल तामाङ घेदुङ्ग संघ काभ्रेका अध्यक्ष फुर्साङ्ग तामाङ, धुलिखेल नगरपालिका वडा नम्वर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, समाजसेवी खाईवा लामा, दिलिप घिसिङ्ग, नेपाल तामाङ घेदुङ्ग संघका जिल्ला सदस्य शर्मिला थिङ्गले बालग्राममा रहेका ११ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्नु भएको हो ।

    बार्षिक ७ हजार २ सय रुपैया बालबालिकाहरुको रेखदेका लागि अभिभावकहरुले उपलब्ध गराउनु पर्नेछ । एसओएस बालग्राम काभ्रेले १४ वटा घरमा ८–१० जनाका दरले १ सय ४० जना बालबालिकाहरु संरक्षण गर्दै आएको छ ।

    बालग्राममा नारायणी शर्मा, इन्द्रकुमारी राई, तारा पौड्याल, विजया पोखरेल, निर्मला आचार्य लगायतले आमाको भुमिका निभाउँदै आउनुभएको छ ।

    तस्वीर मोतिराम तिमल्सिना

    प्रतिक्रिया दिनुहोस