काभ्रे मुवाथाई संघले उत्कृष्ट खेलाडीको घोषणा गरेको छ ।
मुवाथाईको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पदक दिलाउन सफल महिला खेलाडीको तर्फबाट शर्मिला मोक्तान र पुरुष खेलाडीको तर्फबाट कान्ति लामा घोषणा भएको मुवाथाई संघ काभ्रे जिल्लाका अध्यक्ष बज्र लामाले जानकारी दिए ।
शर्मिला रोशी गाउँपालिका ६ कि हुन भने कान्ति तेमाल गाउँपालिका ९ का बासिन्दा हुन ।
शर्मिलाले खुल्ला मुवाथाई प्रतियोगितामा स्वर्ण, तेश्रो के ब्याक अन्तर राष्ट्रिय प्रतियोगितामा प्रथम, दोश्रो प्रकाश दाहाल स्मृति मुवाथाई प्रतियोगिता, काभ्रे जिल्ला मुवाथाईले आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण, प्रथम बेल्ट च्याम्पियनशिपमा प्रथम भएकी थिईन भने कान्तिले काठमाडौमा आयोजना भएको प्रथम बेल्ट च्याम्पियनशिपमा दोश्रो भएको थियो ।
प्रतिक्रिया दिनुहोस