२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

प्रविधिमैत्री शिक्षक समाज काभ्रेको अध्यक्षमा शर्मा

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५४५ पाठक संख्या
  • प्रविधिमैत्री शिक्षक समाज नेपाल काभ्रेको अध्यक्षमा पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा चयन हुनुभएको छ ।

    जुम एप्लिकेसन मार्फत सम्पन्न भर्चुअल जिल्ला भेलाले शर्मालाई अध्यक्षमा, रीता वादेलाई उपाध्यक्षमा, गोमादेवी उप्रेतीलाई महिला उपाध्यक्षमा, गंगाराम ठकुरीलाई सचिवमा, जुजुभाई मानन्धरलाई कोषाध्यक्षमा चयन गरेको थियो ।

    त्यस्तै सदस्यहरुमा चिनीमाया लामा, रामबहादुर घ्याबा, सिदार्थ थापा, इन्द्रप्रसाद घिमिरे, बेगबहादुर थापा, सुनिता परियार, केपी निरौला, हेमराज बिश्वकर्मा, सुनिता दोङ, सुमन तिमल्सिना छनौट भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष शर्माले आफुप्रति गरिएको बिश्वासलाई टुट्न नदिई संस्थाको गरिमालाई उच्च राख्न कृयाशिल हुने बताउनुभयो । कार्यक्रम केन्द्रीय अध्यक्ष भुपति बस्यालको प्रमुख आतिथ्यता तथा जिल्ला भेला आयोजक समितिका संयोजक बाबुराम तिमल्सिनाको सभापत्विमा सम्पन्न भएको थियो ।

    प्रविधिमैत्री शिक्षक समाज काभ्रेको नवनिर्वाचित कार्यसमितिलाई मिडियाचोक डटकम धेरै धेरै शुभकामना सहित कार्यकाल सफलताको कामना व्यक्त गर्दछ ।

    प्रतिक्रिया दिनुहोस