२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

मनसुन नसकिएपनि आजबाट मौसम खुल्ने

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ७२७ पाठक संख्या
  • आजदेखि मौसम खुल्दै जाने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।

    केही दिनदेखिको निरन्तरको झरी बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
    भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।

    मौसमविदहरूले शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही लाग्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस