बझाङको मष्टा गाउँपालिकामा १२ वर्षिया एक बालिकाको बलात्कार पछि हत्या भएको भन्दै बालिकाका हजुरबुबाले किटानी जाहेरी दिएका छन् ।
बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको जबरजस्ती करणी गरी हत्या गरेको भन्दै शुक्रबार मृतक बालिकाका हजुरबुबाले मष्टा घर भएका राजेन्द्र बोहराको नाममा जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दिएका हुन् ।
बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएस्पी रुपक खड्काले किटानी जाहेरी दर्ता भइसकेको हुँदा घटनाको तिब्र रुपमा अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस