२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

मन्त्रिपरिषद् हेरफेर केहिदिनमानै, कस–कसको सम्भावना छ ?

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३१४ पाठक संख्या
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्‍याएका छन् । उनले अर्का अध्यक्ष प्रचण्ड सँग पष्टक पटक मन्त्रिपरिषद् गठनका विषयमा समेत छलफल गरिरहेका छन् ।

    नेकपा श्रोतका अनुसार दुई–चारदिनभित्रै मत्रिपरिषद् हेरफेर हुनेछ । अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालय मन्त्रीविहीन छ । ओलीनिकट एक सचवालय सदस्यले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीकै क्षेत्राधिकार भएकाले जतिसक्दो चाँडो पुनर्गठन गर्न सुझाव दिइएको जानकारी दिए ।

    भदौ २६ गते सकिएको पाँचौं स्थायी कमिटी बैठक र असोज ४ गते बसेको सचिवालको ६८ औं बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि सैद्धान्तिक अनुमति दिइसकेको छ । पार्टीका नेता र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रायसुझावलाई ध्यानमा राखेर मन्त्रिपरिषद् फरेबदल हुनेछ ।

    मन्त्रिपरिषद् पुर्नगठन हुने भएपछि विभिन्न नेता चर्चामा छन् । पूर्वएमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडा आदिको नाम चर्चामा छ भने पूर्वमाओवादी केन्द्रबाट, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल लगायतको नाम चर्चा छ ।

    अर्थमन्त्रीमा भने प्रधानमन्त्री निकटका डा. युवराज खतिवडा विशेष आर्थिक सल्लाहकार नियुक्त भएपछि नयाँ नेतृत्व आउन सम्भावना न्यून रहेको र त्यस मन्त्रालयमा राज्यमन्त्री बनाउने प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस