२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

डलर देखाई रकम लुटपाट गर्ने ५ जना पक्राउ

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३७२ पाठक संख्या
  • भक्तपुरका विभिन्न ठाउँमा डलर देखाई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नपा १ बस्ने वर्ष ३६ को खेलबहादुर तामाङ र सोही ठेगाना भएका वर्ष ३३ का रेलबहादुर तामाङ, मध्यपुरठिमी नपा वडा नं। ९ बस्ने वर्ष ५६ को श्यामबहादुर तामाङ, सोही ठेगानाको वर्ष २५ को रामकृष्ण तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नपा ६ घर भई हाल मध्यपुरठिमी नपा– वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेकी छिन् ।

    प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखि व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ । आफुसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई उनीहरुले नेपाली रुपैयाँ लुटपाटका गर्दै आएको प्रहरीको भनाई छ ।

    उक्त समूह असोज ८ गते सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौ धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएका थिए । ठगीमा संलग्न ८ जना भनेर समातिएपनि अनुसन्धान पश्चात ३ जना व्यक्तिहरुलाई संलग्नता नदेखिएकाले प्रहरीले छाडिदिएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस