२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

डा. केसीको समर्थनमा केयूका विद्यार्थीले घर-घरबाटै प्ले कार्ड बोके

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १२८७ पाठक संख्या
  • नेपालका जनताको स्वास्थ्यका लागि अनसन बसिरहेका डा गोविन्द केसीको समर्थनमा काठमाण्डौ विश्वविद्यालयका विद्यार्थीहरुले आ–आफ्ना घरबाट प्ले कार्ड बोकेर सहभागिता जनाएका छन् ।

    डा. के.सी कोे १९ औ सत्याग्रह शुरु गरेको ११ औ दिनमा समर्थन गर्दै काठमाडौं विश्वविद्यालयका युवा विद्यार्थीहरुले कोभिड –१९ को कारण घरबाटै एक्यबद्धता जनाएका हुन् । नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालयका सभापति उज्वल प्रधानका अनुसार कोरोनाको कारण भेला भएर समर्थन गर्न नपाएपनि सबै विद्यार्थीहरुले घर घरमै प्लेकार्ड बोकेर समर्थन जनाएको जानकारी दिए । केसीले माग गरेका मागमा समर्थन रहेको काठमाण्डौ विश्वविद्यालयका विद्यार्थीको भनाई छ ।
    त्यस्तै नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालयले एक विज्ञप्ती निकाल्दै प्रा. डा. गोविन्द केसी सँग सरकारले गरेका सम्झौता कार्यान्वयनको लागि माग गरेको छ । समाजवादी उन्मुख देशको सरकार जनतालाई भुल्दै माफियाहरुको इशारामा चलिरहेको र सरकार संचालनमा चुक्दै भ्रष्टाचारमा डुबेको आरोप लगाएको छ । विज्ञप्तीमा भनिएको छ – स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताहरुमा विकृति विसङ्गति हटाई एक न्यायपूर्ण राज्यको निर्माण गरिनु समाजवाद उन्मुख गणतान्त्रिक नेपालको पथ हुनुपर्दछ्र त्यसैले डा.गोविन्द केसीका मागहरुमा सार्थक वार्ता गर्दै पुराना सम्झौताहरुको कार्यान्वयन गर्न हामी नेपाल सरकार सम्म जोडदार माग गर्दछौ । डा.केसीको सत्याग्रहमा पूर्ण एक्यबद्धता जनाउदै सम्पूर्ण नेपालीलाई आफ्नो–आफ्नो स्तरबाट सरकारलाई घच्घचाउन नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय आव्हवान गर्दछ ।

     

    प्रतिक्रिया दिनुहोस