२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

निजामती कर्मचारीको चुनाव तोकिएकै मितिमा गर्न माग

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २८६ पाठक संख्या
  • नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न सरकारसँग माग गरेको छ ।

    ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईले बिहीबार प्रेस विज्ञप्तिमार्फत् निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न सरकारसँग माग गरेका हुन् ।

    केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गतेका लागि निर्धारित निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद् बैठकले स्थगित निर्वाचन कहिले गर्ने भन्ने बारेमा भने केही निर्णय गरेको छैन । कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले सरकारको उक्त निर्णयलाई दुःखद भनेको छ ।

    प्रतिक्रिया दिनुहोस