२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

क्यापिटल मर्चेन्ट ठगी प्रकरण : योजनाकार उम्किए, नक्कली ऋणीहरू धमाधम पक्राउ, कोहि जेलमा, कसरी बनाईयो नक्कली ऋणी ?

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १३६२ पाठक संख्या
  • क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका बचतकर्ताहरुको रकम हिनामिना गरेको अभियोगमा तत्कालिन पुनरावेदन अदालत पाटनले कैद र जरिवना तोकेका बैकिङ्ग कसुर अभियोगका फरार ब्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बैकिङ्ग कसुरमा ११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपैया जरिवना र ३ वर्ष कैद भुत्तान गर्न बाँकी बनेपा नगरपालिका ६ निवासी ५६ बर्षिया जयन्ति केसी छन् । केसीलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

    उनका श्रीमान श्यामबहादुर खत्री यस अघि नै पक्राउ परिसकेका छन् । बैकिङ्ग कसुरमा क्यापिटल मर्चेन्ट बैकको रकम हिनामिना अभियोगमा ४० भन्दा धेरैलाई कैद र जरिवना तोकिएको थियो ।

    २०७१ साल बैशाख २९ गते भएको फैसला कार्यान्वयनका लागि प्रहरीले पटक पटक फरार ब्यक्तिहरुको खोजी गरी पक्राउ गरिरहेको छ । बनेपा बुडोलका शम्भु केसी मार्फत थुप्रै ब्यक्तिहरुलाई नक्कली ऋणी खडा गरी रकम दुरुपयोग गरेको पीडितहरुले बताएका छन् ।

    मान्छे सक्कली ऋण नक्कली, नक्कली ऋणीहरू जेलमा मुख्य योजनाकार अमेरिका
    बैकिङ कसुरमा सबैभन्दा ठुलो ठगी काण्डका मुख्य योजनाकार फरार छन् । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालिन सिईयो पवनजंग कार्की खुलेआम हिडिरहदा त्यस बखत बनाईएका नक्कली ऋणिहरु भने कोही जेलमा छन् भने कोही उठिवास लागेका छन् । तत्कालिन समयमा नक्कली कम्पनी खडा गरी कमसल धितोलाई धेरै कर्जा दिएर सात अर्ब ७३ करोड ५७ लाख अनियमितता भएको थियो ।

    फाइनान्सका तत्कालीन सिइओ पवनजंग कार्की हाल अमेरिकामा छन् ।

    बैंकिङ कसुर र अभियुक्तको हिसावले सबैभन्दा ठुलो मुद्धा दायर भएको थियो । कार्कीले आफ्ना ससुरा बनेपा नगररपालिका ६ का शम्भु बहादुर केसीमार्फत नक्कली ऋणीहरू खडा गरी उनीहरूको नाममा विभिन्न कम्पनी बनाएर कर्जा प्रवाह गरेका थिए । केसीले आफ्नै दाजुभाई तथा छिमेकीलाई त्यसरी फसाएका थिए । आफ्नो धेरै जग्गा भएकाले हदबन्दी लाग्ने भएपछि छिमेकीको नाममा जग्गा पास गराई सोही जग्गा धितो राखेर उनीहरूकै नाममा कम्पनी खोलेर कर्जा प्रवाह भएको थियो ।

    नक्कली ऋणीहरु बनाउने शम्भु बहादुर के.सी

    मुद्धा दायर भएपछि न्यायाधिसहरुले पनि आरोपित नक्कली ऋणीहरुको तर्फबाट पेश भएको कागजात हेर्दै नहेरेको तथा नक्कली ऋणीहरु बनाउने र फसाउने शम्भु बहादुर के.सीले नक्कली ऋणिहरुको दायीत्व केहि छैन म आफै जिम्मा लिन्छु भनेर गरिएको कागज तत्कालिन न्यायाधिसहरुले नहरेको पिडितहरुको गुनासो छ । शम्भु केसीले नक्कली ऋणीहरु बनाउँदा पनि पुख्र्यौली सम्पतिलाई छोएका छैनन् । ‘यहाँ कसैको पनि पुर्ख्यौली सम्पत्ति धितोमा राखिएको छैन,’ पीडितमध्ये भैरव केसीले भने ‘यसले पनि हाम्रो कुनै गल्ती छैन भन्ने प्रस्ट हुन्छ ।’ मुख्य योजनाकार सँगै दोशी भनिएका कार्कीका ससुरा शम्भु र बैकका क्यासियर रिना टन्डुकारलाई न्यायाधिशहरु भिम बहादुर बोहरा र बाबुराम रेग्मीको सयुक्त्त इजलासबाट २०७१ बैशाख २९ गते सफाई दिदै साधारण तारेखमा छाडिदिएको थियो । पीडितहरुले मुख्य दोशीहरु छुट्ने, तथा तत्कालिन जग्गाको मुल्याङकल गर्नेहरु छुटेपनि नक्कली ऋणिहरु सजाय भोगिरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

    अनुसन्धानका क्रममा प्रहरीले आफूहरूसँग बुझ्ने काम नै नगरेको उनीहरूको गुनासो छ । नक्कली ऋणिहरुले फैसला हुँदा अदालतले त्यस बखत प्रयोग भएका बैंक चेकहरु हेर्दै नहेरेको, ऋणको कागजात नहेरेको, माफियाले नक्कली र किर्ते कागज बनाएको बारे अनुसन्धान नगरेको, नक्कली ऋणीको र तिनको आफन्तको सम्मति कति थिए हेर्दै नहेरेको, नक्कली ऋणीको र तिनको घरको स्थिति नहरेको, नक्कली ऋणीको बैंक खाता हेर्दै नहेरेको, राष्ट्र बैंकले संकट हुनु अगाडी नक्कली ऋणीको परियोजाना ठिक छ भर्नि किन राखेको, महेन्द्र कर्माचायलाइ क्यापिटल मर्चेन्ट बैंकमा सीईयो बनाएर नक्कली ऋणी लाई कागज गराएको, ऋणी तर्फको वकिल लब मैनाली र न्यायाधिश भिमबहादुर बोहरा अमेरिका पुगेर पवन कार्कीलाई भेटे पनि त्यसबारे केहि कुरा सार्वजनिक नभएको लगायतका आरोप लगाएका छन् । उनिहरुले ऋण तिरिसकेका ११ जना ऋणी अझै सजाय भुक्तानका लागि जेलमा रहेको जानकारी दिए ।

    नक्कली ऋणि तयार गर्ने शम्भू केसीले स्थानीयहरुलाई साछि राखेर राष्ट्रबैंकको उपस्थितिमा गरिएको सम्झौता अदालतमा नहेरेको स्थानीय महेश केसीले आरोप लगाए । ‘नक्कली ऋणी हरु नक्कली नै हुन, उनीहरुले एक पैसा पनि लिएका छैनन र उनीहरुको पुरै जिम्मा म आफै लिन्छु’ भनेर शम्भु केस सँग गरिएको कागजात नै गायब बनाएर हेर्दै नहेरेको महेश केसीको आररोप छ ।
    उनिहरुले बैंकमा खाता खोलेर चेक लिए–नलिएकोसमेत नहेरेको बताए । मुद्धाले ठुलो रुप लिएर नक्कली ऋणीहरुलाई पक्रन थालेपछि नक्कली ऋणीहरूले नै धितो बिक्री गरेर फाइनान्सको आधा कर्जा चुक्ता गरिसकेका छन् । बनेपाका केसी खलकहरुको नाममा नक्कली कागजात बनाएर झण्डै २ अर्व रकम पवन कार्की र शम्भु केसी लगायतको टिमले चलाएको थियो । हाल सम्म नक्कली ऋणीहरुले १ अर्व १४ करोड रुपैया तिरिसकेका छन । उनिहरुले अन्य धितोबाट बाँकी कर्जासमेत चुक्ता हुनेमा त्यसतर्फ राष्ट्र बैंकले ध्यान नदिएको बताए ।

    पवन कार्कीले आफ्नै ससुराली खलक र शम्भु केसीले आफ्नै दाजुभाई र आफ्नै छिमेकीहरुलाई फसाएका थिए । सामान्य लेखपढसमेत नजान्ने बनेपा ६ की शान्ति केसी समेत चार वर्षदेखि जेलमा छिन । उनि सँगै मदन केसी सेन्टर जेलमा छन् । त्यस्तै हरिप्रसाद आचार्य र प्रकाश खत्री नख्खु कारागारमा छन् भने पूर्णबहादुर केसी, प्रकाश केसी, श्याम खत्री, आनन्द थापा, अनिल थापा र राम आचार्य धुलिखेल कारागारमा छन् । उनिहरुलाई ७ बर्ष देखि १३ बर्ष सम्मको सजाय तोकीएको छ । कारगारमै सजाय भोगरहेका हरिचन्द्र केसीको भने जेलमानै मृत्यू भएको छ । एक माफिया समूहको प्रभावमा पारेर क्यापिटल फाइनान्सको समस्या हल नभएको र अमेरिकामा बसेर पवन कार्कीले नै चलखेल गर्दै आएको पीडितहरूको गुनासो छ ।

    कसरी बनाईयो नक्कली ऋणी
    क्यापिटल मर्चेन्ट बैंकको ठगीको कुरामा शम्भु हादुर के.सी, बैंकका व्यक्तिहरु र तिनीहरु सित साँठगांठ गर्ने बाहिरी समूहको तर्फवाट मात्र कुराहरु आएको भन्दै पीडित पक्षहरु आक्रोसित भएका छन् । उनिहरुले भने अनुसार हेटौडा निवासी भू.पु. प्रधान पन्च नील शंकर श्रेष्ठले रिसोर्ट बनाउन भनेर साचिकै ऋण लिई धेरै अगाडी उक्त ऋण चुक्ता पनि गरी सकेका रहेछन् । तर तिनै शम्भु केसी र बैङकका व्यक्तिहरु मिलेर निल शंकरकै कागजातको प्रयोगमा किर्ते गरी अर्को ८ करोडको ऋण उनको नाममा निकालेका रहेछन । सुचना निक्लदा मात्र निल शंकर तिनछक परे । तर नियम अनुसार उनि कर्जा अपचलनको अपराधी ठहरिएको दावी उनिहरुको छ । त्यस्तै हरिप्रसाद आचार्यले ब्यबसाय गर्न साच्चिकै ऋण लिई ब्यबसाय गरेका थिए । पछि उनको नाममा रहेको ऋणमै पैसा थपेर माफियाहरुले पैसा खाईदिए । २२ लाख ऋण लिएका उनले तिरी सक्न लागेका थिए पछि पत्रिकामा उनको नाममा २२ करोडको ऋण भएको सूचना निक्लियो । ऋण तिर्न नसकेर उनको आफ्नो धितोमा राखिएको घर लिलाम गरे । अहिले उनि २२ करोडको ऋण तिर्न नसकेर अदालतको फैसला पछि ७ बर्षे सजायको लागि नख्खु कारागारमा छन । त्यस्तै नक्कली कागजमा फस्ने प्रकाश खत्री नख्खु कारागारमा सजाय कटाईरहेका छन् । नक्कली कागजातकै अनुसार पत्रिकामा नाम निक्लिएपछि छागावाट खसे जस्तो भएका खत्रीले आफ्नो सम्पति बेचेर उनको नाममा भएको ८ करोड ५० लाख रुपैया चुक्ता गरिसकेका थिए । तर उनलाई बैकिङकसुरको नाममा समातियो र भक्तपुर जिल्ला अदालतले १३ बर्षको जेल सजाय सुनायो । बनेपाकै अशिक्षित महिला शान्ति के.सी जसले बैंकको कागजात र चेकमा सही समेत गर्न जान्दिनन् र गरेकी थिइनन तै पनि उनको नाममा ऋण भएको भन्दै प्रहरीले समात्यो । उनि पनि ४ बर्ष देखि केन्दीय कारागारमा छिन ।

     

     

    प्रतिक्रिया दिनुहोस