२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

काभ्रेमा १८ कोरोना संक्रमित थपिए, ५ सय ७० पुग्यो

  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ७६८ पाठक संख्या
  • काभ्रेमा १८ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै काभ्रेमा संक्रमित संख्या ५ सय ७० पुगेको छ ।

    आज बनेपा नगरपालिकाका ९ जना पुरुष र १ महिला, बेथानचोक गाउँपालिकाका १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाकी १ जना महिला, धुलिखेल नगरपालिकाका ४ जना पुरुष, भुम्लु गाउँपालिकाका १ जना पुरुष र १ जना महिला गरी जिल्लामा आज १८ जना कोरोनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जनकारी दिए ।

    डा. झाका अनुसार संक्रमितमध्ये आज ३ जना कोरोना निको भइ घर फर्किएका छन् । यो सँगै ३ सय ७६ जनाको उपचारपछि कोरोना निको भइ घर फर्किएका छन् । जिल्लामा अहिले १ सय ८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस