नेपालमा कोरोना भाइरसको सङ्क्रमण भएका ६९ हजार तीन सय मध्ये निको भएर घर फर्किनेको सङ्ख्या ५० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय ५७ जना कोरोनामुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या ५० हजार चार सय ११ पुगेको हो ।
अब नेपालमा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये आठ हजार ६ सय १४ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने नौ हजार आठ सय २३ जना होम आइसोलेशनमा रहेका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये दुई सय ३२ जनाको सघन उपचार कक्ष आईसियूमा र २८ जनाको भेन्टिलेटरमा उपचार चलिरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस