जनकपुरबाट काठमाडौ तर्फ आउँदै गरेको वा ४ ख ५८७० नम्वरको भाडाको फोर्स गाडी विपी राजमार्ग स्थित धुलिखेल नगरपालिका वडा नम्वर ९ पानी ट्याङ्कीमा दुर्घटनामा परेको छ ।
दुर्घटनाका कारण गाडीमा सवार १३ जना यात्रुहरु घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा घाईते हुनेहरुको टाउको, हात, खुट्टा, छातीहरुमा चोट लागेको छ । घाईते मध्ये केहि गम्भिर छन् । केहिको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने केहिलाई काठमाडौका विभिन्न अस्पतालमा रिफर गरिएको छ ।
गाडी चालक समेत घाईते भएकाले उपचारार्थ छन् ।
तस्विर : रामहरी सापकाेटाकाे फेसवुक
प्रतिक्रिया दिनुहोस