२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

गरे के हुन्न ? गोविन्द केसी : हाम्रा लागि पटकपटक भोकै बसेर लडिरहेका छ्न ।

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • १९३९ पाठक संख्या
  • आर.एल. श्रमजीवी

    आखिर एउटा मान्छे न हो, पुरा राज्य हल्लाउँछ । हामी पो खान कै लागि बाँचेका । ऊनी हाम्रा लागि नखाई नखाई अधिकारका लागि लडेका । कति फरक छ हामी र ऊनीमा ? हामी एक दिन भोकै बसौं त । तर ऊनी एक पटक होइन पटकपटक हाम्रा लागि भोकै बसेर लडिरहेका छ्न ।

    त्यही एउटा गर्विलो नाम गोविन्द केसी अर्थात सत्याग्रह आन्दोलनका अथक योद्धा । साच्चिकै समाजसेवी,अधिकारकर्मी तथा नेपाली जनतालाई माया गर्ने एउटा चिकित्सक । केही महिना अघिसम्म एक अर्थोपेडीक सर्जन उनि लामो समय त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन थिए । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएका बेथिति , दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न समयमा पटक पटक अनसन बस्दै आए। उनले उठाएका मागप्रति ऊनीसङ्ग विभिन्न समयका सरकारले सम्झौता पनि गर्यो तर कार्यान्वयन भने सतप्रतिशत भएन र पो उनि अझै अनशन गर्छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको सुधार आन्दोलनका एक्ला बृहस्पति पनि हुन । स्वास्थ क्षेत्रमा अत्यन्तै चिन्तित डा केसी कहिले बाढीग्रस्त क्षेत्र पुग्छन् त कहिले औषधीका झोला बोकेर सुदुर पश्चिमको दुर गाउँमा बिरामीसंगै हुन्छन् । यस्तो डाक्टर यस अघि थियो ? न पछि होला ?

    लेखक : श्रमजीवी

    अविवाहित डा गोविन्द केसी को जन्म रामेछाप जिल्लामा भएको थियो । काठमाडौँको आफन्तको बस्दै आएका उनको घर पनि छैन । जी केसी, डा.केसी, डा. जिकेसी उपनाम रहेकोे उनले महाराजगञ्ज शिक्षण अस्पताल (एच.ए) गरेपछि राजशाही मेडिकल कलेज, राजशाही, बङ्गलादेशबाट एमबीबीएस गरेका हुन । अर्थपेडिकमा उनले ढाका विश्वविद्यालय, बङ्गलादेशबाट एमएस गरेका हुन ।

    डा. केसी यो पल्ट जुम्लाको एक अनकन्टार ठाउँमा १९ औं अनशन बसे । जहाँ अनशन बसे पनि ओली सरकार अत्यन्तै डराउने,कतै उनलाई ठाउँ भएन , हिजो ऊनी अनशन बस्न काठमाडौं आए उनको इच्छा थियो आफुले सेवा गरेको त्रिवि शिक्षण अस्पताल मै जाने तर उनको इच्छा विपरीत ट्रामा सेन्टर लगियो । एम्बुलेन्सबाट दुव्र्यवहार पुर्ण तरिकाले निकालेको भिडियो सामाजिक संजाल भरि आयो । कति डरपोक छ ओली सरकार एउटा सत्याग्रही देखि ? के स्वास्थ क्षेत्रका लागि चिन्त्तित डा केसी मात्र हुन ? किन पटकपटक अनशन बस्छन् ऊनी ? के ऊनी पागल हुन ? यावत प्रश्न आउँछन् मनमा । ऊनी पागल हुदै होइनन् । उनलाई जति स्वास्थ क्षेत्रको बेथिति हामीलाई थाहा छैन त्यसैले उनको आन्दोलनलाइ हामीले सधैं साथ दिनुपर्छ ।

    लेखक काभ्रेटाइम्स साप्ताहिकका सम्पादक हुन ।

    प्रतिक्रिया दिनुहोस