काभ्रेमा आज एकै दिन ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
दैनिक निको हुने यो सबै भन्दा धेरै संख्या हो । यो सँगै निको भई घर फर्कनेको संख्या ३ सय ७३ जना पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।
यस्तै आज थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
आज थपिने संक्रमितहरुमा बनेपा नगरपालिकाका १ पुरुष र १ महिला गरी २ जना र पनौती नगरपालिकाका १ पुरुष छन् ।
यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ५ सय ५२ पुगेको छ । काभ्रेमा सक्रिय संक्रमितको संख्या भने १ सय ७३ जना छन् ।
हाल सम्म काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ५ महिला गरी ९ जनाको मृत्यु भएको छ, जस मध्ये २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस