देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी भएपछि स्वास्थ्य मन्त्रालयले लकडाउन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले कोरोना संक्रमित संख्या २५ हजार भन्दा बढि भएपछि पुनः लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर कोरोनाका १७ हजार ४१४ सक्रिय संक्रमित छन्।
मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।
कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, –‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’
प्रतिक्रिया दिनुहोस