२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

पाँचखाल नगरलाई रेबिज मुक्त बनाउन भुस्याहा कुकुरको बन्ध्याकरण

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६८७ पाठक संख्या
  • नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले पाँचखाल नगरपालिका भित्रका सामुदायिक (भुस्याहा) कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।

    नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर(नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान चञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले हिजो मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरेको थियो । पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमका अनुसार अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने जानकारी दिए ।

    यही असोज १२ गते सम्म सञ्चालन हुने यस अभियानमा रेबिज विरुद्धको खोप पनि दिने नगर प्रमुख महेश खरेलले बताउनुभयो । नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न दुर्घटना गराउन सक्ने भएकाले अत्यन्तै गम्भीरताका साथ यो अभियान थालनी गरेको नगर प्रमुख खरेलको भनाई छ । उनले नगरभर छाडा छोडिएका कुकुरलाई सङ्कलन गरेर ल्याएर बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिनेसन भइरहेको जानकारी दिए ।

    ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित मङ्गलबारदेखि एक सातासम्म रेबिज विरुद्धको निःशुल्क खोप लगाउन अभियान शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस